पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने वताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ प्रकारका खोपका मात्रा पूर्ण रुपले लगाएको बताए । साथै उनले जनचेतना फैलियो भनेर पन्चेबाजा, भजनटोली सहितको प्रभातफेरीको कार्यक्रम पनि गरिएको बताएका छन् ।
घोषणा कार्यक्रम अगाडि वडाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधि, आमा समुह, टोलविकास संस्था, युवा क्लब लगायत वडामा सक्रिय संघसंस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।
Comments are closed.