नेपाल डेरी एशोसियनसनद्वारा श्रीखण्डपुर माविमा दुग्धजन्य पदार्थको महत्व तथा मोही सेवन

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालयमा दुग्धजन्य पदार्थ प्रवद्र्धन सम्बन्धी कार्यक्रम भएको छ ।

वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार भिन्न–भिन्न खालका कार्यक्रम हुने गरेकोमा आज (शुक्रवार) दुग्धजन्य पदार्थ प्रवद्र्धन सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्धजन्य पदार्थको महत्वको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

अध्यक्ष दाहालले विद्यार्थीलाई दुध तथा दुग्धजन्य पदार्थ अनिवार्य सेवन गर्न आग्रह गरेका गरेका छन् । अध्ययनका लागि एशोसिएसनले विद्यार्थीलाई लेखित पेपर पनि वितरण गरेको छ । कार्यक्रममा एशोसिएसनले दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि सन्देशमुलक गीत एवं बालबालिका सम्बन्धी तयार पारिएको मही सम्बन्धी गीत प्रस्तुत गरिएको जनाएको छ ।

कार्यक्रममा श्रीसखण्डपुर माविका शिक्षक, विद्यार्थी, डेरी एशोसिएसन बागमती प्रदेश उपाध्यक्ष धु्रब तिवारी, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, नेपाल डेरी एशोसिएसनका कार्यालय प्रमुख रविन्द्र केसी लगायत सहभागी थिए ।

बनेपा नगरपालिका वडा नम्वर ८ नाला रोडमा भएको शुभारम्भ कार्यक्रममा डेरी एण्ड एग्रोबेटी रिसर्च प्रालीका तर्फबाट सहभागीलाई मही सेवन गराइएको छ । विद्यालयका आधारभूत तह कोर्डिनेटर शिवप्रसाद बन्जाराले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र भट्टराईले गरेका हुन् । कार्यक्रममा विद्यार्थीले दुग्धजन्य पदार्थ सम्बन्धी जानकारी लिएका छन् ।

यो कार्यक्रम अत्यन्तै प्रभावकारी र यस्ता कार्यक्रम अब देशभरका विभिन्न विद्यालयमा गरिने नेपाल डेरी एशोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरेले बताए । डेरी एशोसिएसनले सुरु गरेको मही अभियानले आज सार्थकता पाएको छ । हिजो कहिँकतै जाँदा पेयपदार्थ नखाई मही सेवन गरेमा नराम्रो दृष्टिले हेरिन्थ्यो भने आज धेरैले मही खाँदा प्रशंसा गर्दै सम्मानका साथ हेरिन थालिएको छ ।

आजभोली भोज, भतेर, विवाह, पार्टी, शुभकार्य जस्ता कार्यमा दुग्धजन्य पदार्थ प्रयोग हुने गरेको छ । डेरी उद्योगीले महीलाई ब्राण्डिङ गरी विभिन्न स्वादमा बजारमा ल्याएर महीको प्रवद्र्धन गर्न सरोकारवालाले सुझाव दिएका छन् । महीको ब्राण्डिङ गरियो भने बजार विस्तार हुदै जाने बताइएको छ । कार्यक्रम पश्चात विद्यालयको तर्फबाट नेपाल डेरी एशोसियनसनलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

lcci
You might also like

Comments are closed.