कुमुदिनीमा उत्प्रेरक डा.कटुवालले भने, ‘शिक्षासंगै असल संस्कारले असल नागरिक बनाउछ’

पोखरा । “सधै उच्च लक्ष्य” लिएर अगाडी बढीरहेको पोखराको प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले आज १ कक्षा देखि ५ कक्षा सम्मका अभिभावकका लागि एकदिने शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

‘शिक्षा र संस्कारको लागि असल अभिभावकको भूमिका’ विषयक उत्प्रेरणा कार्यक्रममा काठमाडौंबाट पोखरा आएका प्रख्यात मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटुवालले देशका असल नागरिक बनाउन स–सानो उमेरबाटै बालबालिकालाई असल अभिभावकको असल संस्कार आवश्यक हुनेमा जोड दिए ।

विद्यालयको पढाईले मात्रै पुग्दैन । विद्यालयमा विद्यार्थीलाई अध्ययनको साथसाथै अतिरिक्त कक्षाहरु र सिकाईले राम्रो गन्तव्य बनाइदिएको हुन्छ । यसैमा सबै ठिकठाक हुन्छ भनेर बस्ने छुट अभिभावकमा नभएको उनले बताए ।

“हामीले पठनपाठनको क्रममा सैद्धान्तिक, व्यवहारिक दुबै तवरले सिकाउछौँ, दुईमत छैन तर घरको वातावरण पनि बालबालिकामैत्री हुनुपर्छ । उनीहरुसंगको संगत सकारात्मक उर्जा दिने खालको हुनुपर्छ र त्यो वातावरण घरैबाट तयार पार्नुपर्छ” उनले भने ।

एउटा विद्यार्थी अध्ययन सकेर लक्का जवान भईसक्दा पढाईमा अब्बल अंक प्राप्त गरेको होस् त्यो ठिकै छ तर व्यवहारिक सिकाई, सहयोगी, उपकारी, सहयोगी र संस्कारी भएन भने प्रगतिमा बाधा पर्न सक्छ । बाबुनानीसंग उनीहरुको भावनामा ठेस लाग्ने वा नकारात्मक असर गर्ने क्रियाकलापहरु गर्नु हुदैन । घरेलु झगडा, वैमनस्यता, अशान्ति र अभद्रताले बालबालिकालाई भविष्यको सपना साकार पार्ने सोँचमा अप्ठ्यारो पार्ने भएकाले सर्वदा उनीहरुलाई सकारात्मक र प्रफुल्ल बनाउने वातावरण बनाउनु अभिभावकको दायित्व भएको कटुवालले बताए ।

‘कुशल अभिभावक बन्नुपनि एउटा कला हो ।’ यो कला भएको परिवार असल परिवार हुन्छ र छोराछोरीहरु देश, विदेशमा कहलिएका हुन्छन्, यो मेरो दाबि हो । जवान भईसक्दासम्म उनीहरूले पढाईको साथमा परिवार, समाज, रितिरीवाज, रहनसहन, संस्कार, संकृति, सामाजिक संरचना, साथित्व, सहयोग र सहकार्य अनि सेवाभावले ओतप्रोत भइसकेको हुनुपर्छ र यो कार्य गर्न सकिने उनले बताएका छन् ।

बालबालिकामा महान् सोँच विकास गराइदिनुपर्छ । सोँचमा परिवर्तन, सकारात्मक साँेचको उर्जाले भरिएको हुनुपर्छ । बच्चासंग निरासाको कुरा कहिल्यै नगरौँ । बेमेलका कुरा रहेछन् भनेपनि उनीहरुलाई सुनाउने नगरौँ, उत्प्रेरक कटुवालले भने, बरु बच्चालाई अद्भूत साँेचको विकास गराउनुस्, आशाका मात्रै कुराहरु गर्नुस्, उनीहरुलाई ढाडस मिल्ने र हिम्मत बढाउने खालको कुरा गर्नुस् । यदी यसो गरियो भने अबको २५, ३० वर्षमा कुनैपनि बच्चा राष्ट्रभर कहलिएको र विदेशले चिनेको नेपालको असल नारिक हुनेछन् ।

अभिभावक, बालबच्चालाई आफुले अनुत्पादक क्षेत्रमा समय खर्च गरेको नसुनाउने र नदेखाउन उनको अनुरोध छ । हाम्रा बालबालिका भविष्यका कामदार वा जागिर खानका लागि मात्रै होईनन्, उनीहरु अरुलाई जागिर दिने मालिक बनुन् भन्ने विद्यालय र हामी सबैको चाहना हो । घरका भित्तामा उनीहरुले स्कुलमा पाएका फोटोहरु होउन्, अवार्डहरु टेबलमा सजाईएका होउन्, शैक्षिक क्यालेण्डर राखिएको होस् कि हरेक दिन पढ–पढ भन्न नपर्ने उनले जनाए ।

त्यसैले पनि होला अशोक सरले कुमुदिनीमा विद्यार्थीलाई बुझेर पढ्ने वातावरण बनाउनु भएको छ । खोज अनुसन्धानमा लगाउन उनीहरुको लागि न्युजिल्याण्डको थ्रिडिआई कक्षा सञ्चालन गरिरहनु भएको छ । यत्तिले मात्रै नपुग्ने भएकाले घरको वातावरण पनि अर्को महत्वपूर्ण पक्ष रहेको बताए । यति भयो भने मलाई आशा छ, अहिले स–साना बालबालिका देशका होनहार सक्षम, अब्बल र दक्ष नारिक हुनेछन् ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थी उत्पादनका लागि कुनै सम्झौता नगरेको बताए । उनले विद्यार्थीलाई नेपाली मौलिक, कला, संस्कार, संस्कृतिबाट बिमुख बनाउदैनौ भन्दै सकेसम्म सर्वगुण भएको होउन् भन्ने हाम्रो चाहना र लक्ष्य रहेको जनाए ।

“गाउँ बन्न, टोल, समाज र देश बन्न असल शिक्षा र सबल तथा सक्षम नागरिक हुनुपर्छ, राम्रो शिक्षाकै लागि हामीले कास्की जिल्लामै सबैभन्दा पहिले ब्रिटिश कोर्ष इन्टरनेशनल प्राइमरी करीकुलम अनुसार पढाई शुरु गर्यौं । साथै न्यूजिल्याण्डको थ्रि डिआई कम्प्युटर कोर्षको अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छौं” उनले भने ।

गएको वर्षमात्रै विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि २७ वटा तालिम सञ्चालन गरेको र यो वर्षको हालसम्म ६ वटा भइसकेको उनले बताए । विद्यार्थीको पढाईको बारेमा वा आफुलाई लागेका कुनैपनि कुरा सङ्कोच नमानेर विद्यालयमा आएर सल्लाह, सुझाव वा गुनासो भन्न उनले अनुरोध गरेका छन् ।

उनले विद्यार्थीलाई सामाजिकिकरणमा पनि जोड दिदै आउटिङमा लैजाने, आयश्रोत नभएका विकट क्षेत्रका आफु सरका विद्यार्थीको लागि पेन्सिल, कपि लगायतका स–साना सहयोगमा रुचि जगाउने, पर्यटन, पर्यापर्यटनका कुराहरु बुझाउने, विद्यालयमा वर्षमा एक पटक टेन्टको बसाईको अनुभव गराउने लगायतका अतिरिक्त क्रियाकलापहरु भइरहेको बताए ।

परामर्शदाता, उत्प्रेरक रबिन कटुवालको दुई घन्टाको अभिभावकको लागि “शिक्षा र संस्कारको लागि असल अभिभावकको भूमिका” विषयक कार्यक्रमपछि हाइस्कुल नामक चलचित्र देखाइएको थियो ।

You might also like

Comments are closed.