रम्भादेवी आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल पोशाक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीलाई स्कुल पोशाक वितरण गरेको छ ।

बैंकले नवलपुरको वुलिङटारस्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरी देखि कक्षा ५ सम्म अध्ययनरत ७६ जना विद्यार्थीलाई स्कूल पोसाक वितरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा पदाकारी, विद्यार्थी लगायत सहभागी थिए । यस सहयोगले बालबालिकालाई अध्ययनमा प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।

शिक्षा तथा बालबालिकाको हित सम्बन्धी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.