भियतनामा हुने क्षेत्रिय कार्यशालामा नेपालबाट ३ जना सहकारीकर्मी सहभागी हुदै

काठमाडौं । भियतनामा हुने अन्तर्राष्ट्रिय सहकारी महासंघ क्षेत्रिय कार्यशालामा सहभागी हुने सहकारीकर्मीको टोलीलाई राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष ओमदेवी मल्लले एक कार्यक्रमका बीच आइतबार विदाई गरेकिछिन् ।

महासंघले सो कार्यशालामा नेपालबाट ३ जनाको प्रतिनिधित्व गराएको छ । आईसीए एसिया–प्यासिफिक कमिटी फर कन्ज्युमर कोअपरेसन र आईसीए एसिया–प्यासिफिक कमिटी ऑन ट्रेड एन्ड विजनेको सहकार्यमा साइगोन कोअपरेटिभ भियतनामले सो कार्यशालाको आयोजना गरेको हो । कार्यशाला २० देखि २४ मेसम्म हुचिनमिमा हुनेछ ।

सहकारी–सहकारीबीच सहकार्य भन्ने नारा सहित हुन लागेको कार्यशालामा ९ वटा देशका सहकारीका प्रतिनिधिको सहभागीता रहेको छ विभिन्न देशमा सहकारी बीचको सहकार्यलाई अभिवृद्धि गर्ने, उनीहरूको सामूहिक प्रभावलाई बलियो बनाउन व्यापार र उपभोक्ता सञ्जाललाई बढावा दिन सो कार्यक्रमको उद्धेश्य रहेको महासंघका अध्यक्ष मल्लले जनाइन् ।

नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक परितोष पौडेल; महासंघका नायव महाप्रबन्धक सुरेश थापा तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरेला सहभागी हुने उनले बताइन् ।

भियतनामले सहकारीमार्फत आफ्नो अर्थतन्त्र, उद्योग तथा उत्पादनको क्षेत्रलाई अगाडि बढाएकोले नेपालको सहकारी अभियानलाई उत्पानदतर्फ केन्द्रीत गर्नका लागि समेत यो कार्यशाला फलदायी हुने विश्वास गरिएको छ । बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले नेपालको सहकारीले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गरी आफ्नो व्यवसाय सञ्चालनलाई अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे बहुमूल्य ज्ञान सङ्कलन गर्न प्रतिनिधिलाई प्रोत्साहित गरे ।

विदाई कार्यक्रममा महासंघका उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, महासंघका सञ्चालक छत्र रिमालसमेत लगायत सहभागी थिए । महासंघका निमिक्त महाप्रबन्धक बाबुल खनालले कार्यक्रम र यसको उद्देश्यका बारेमा जानकारी दिएका हुन् ।

यो कार्यशाला विश्वव्यापी रूपमा सहकारी व्यापार सञ्जाललाई सुदृढ पार्ने लक्ष्यका साथ सहकारीहरू बीच उत्कृष्ट अभ्यासहरू साझेदारी गर्ने एक महत्वपूर्ण प्लेटफर्म रहेको छ । कार्यशालामा नेपालले आफ्नो क्रन्ट्रि प्रेपरसमेत प्रस्तुत गर्ने बताइएको छ ।

You might also like

Comments are closed.