व्यावसाय प्रवद्र्धन, उत्पादित वस्तुको बजारीकरण गर्न पोखरा र इलाम उद्योग वाणिज्य संघबीच सहकार्य हुने

पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यावसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरणका लागि सहकार्य गर्ने सहमति जुटेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा अध्ययनका निम्ति पोखरा आइपुगेको उद्योगी तथा व्यवसायीसँगको अन्तरक्र्रिया कार्यक्रममा सो सहमती जुटेको हो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले इलाममा उत्पादित वस्तुको पोखराको बजारमा खपत हुने सम्भावना बढी नै रहेको बताए ।

पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलाम र पोखराबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्य हुन सक्ने उनको भनाइ छ । उत्पादकत्व बढी भएको जिल्ला इलाम भएको र त्यहाँ उत्पादित दुग्धजन्य परिकार, चियाका लागि पोखरा राम्रो बजार हुने बताइएको छ ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले इलामले पछिल्लो समय पर्यटन उद्योगमा गरेको लगानी र प्रवद्र्धनका लागि राम्रो हुने बताउँछन् । घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दीनेश श्रेष्ठले उद्योगी तथा व्यवसायीलाई राज्यबाटै यो वा त्यो बाहानामा दुःख दिने गरेको गुनासो गरे ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद तथा महासचिव बलराम आचार्यको सञ्चालनमा चलेको कार्यक्रममा इलामका महासचिव हेमन्त गौतमले निजी क्षेत्रबीचको सहकार्य बढाउन राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् ।

 

You might also like

Comments are closed.