विद्यार्थीलाई दूधको महत्व जानकारी दिन वक्तृत्वकला प्रतियोगीता हुँदै

काठमाडौं । दूधको महत्व आमनागरिक तथा विद्यार्थीमा जानकारी गराउन वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको छ ।

विश्व दूध दिवसको उपलक्ष्यमा नेपाल डेरी एशोसिएसनको आयोजनामा आउँदो ज्येष्ठ १४ गते हुने प्रतियोगीताको अहिले तयारी भइरहेको छ ।
दूधको महत्व जानकारी संगै बालबालिकाभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने भएकाले यस कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

प्रतियोगीतामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन पाउनेछन् । वक्तृत्वकला प्रतियोगीतामा “दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन” भन्ने विषय तोकिएको छ ।

डेरी एशोसिएसनले विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्ड एवं अन्य सरोकारवाला निकायको सहकार्यमा दुधको महत्वबारे जानकारी गराउँदै बालबालिकाको चौतर्फी विकासको लागि उनीहरुभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागी प्रतियोगिता आयोजना गरेको हो ।

त्रिरत्न आवासिय विद्यालय, स्वयम्भु भगवान पाउ (काठमाडौं वडा नं १५ को वडा कार्यालयसंगै) मा विहान १० वजेबाट प्रतियोगीता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । सो प्रतियोगीतामा सहभागी हुन सम्बन्धित सबैलाई एशोसियसनले आग्रह गरेको छ ।

 

 

 

You might also like

Comments are closed.