रामपुर–४ मा वार्षिक नीति तथा योजना तर्जुमासहित विविध कार्यक्रम सम्पन्न

रामपुर (पाल्पा) । रामपुर नगरपालिका ४ नं. वडा कार्यालयले वार्षिक नीति तथा योजना तर्जुमा, तालिम तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । २०७९ को स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधि पदस्थापनको दोस्रो वर्ष पुरा अवसरमा वडा कार्यालयले कार्यक्रम गरेको हो ।

बुधबार हाल सम्मको प्रगति प्रतिवेदन सार्वजनिक तथा आगामी वर्षको योजना तर्जुमा, टोल विकास संस्थाहरुको लागि ५ दिने अभिमुखिकरण तालिम समापन सहित सञ्चारकर्मी तथा उत्कृष्ठ टोल विकास समितिलाई पुस्कृत गरिएको छ ।

वडा कार्यलयल गत आइतबार देखि बुधबार सम्म टोल विकास संस्थाका पदाधिकारीहरुको अभिमुखिकरण, भाषण कला तथा माइन्युट लेखन तालिम सञ्चालन गरेको थियो । वार्षिक नीति तथा योजना तर्जुमासंगै तालिम समापन तथा सम्मान कार्यक्रम रामपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पण्डितले वडाको विकासमा टोल विकास समितिको महत्वपूर्ण भुमिका रहने बताए । उनले टोलहरुबाटै योजना निर्माण गरी वडासंग समन्वय गर्दै विकास निर्माणमा अघि बढ्न आग्रह गरे । टोल विकास समिति विकाससंगै सामाजिक सेवा गर्ने महत्वपूर्ण संस्था रहेको बताउँदै उनले नगरकै पहिचान दिने गरी उत्कृष्ट कार्य गर्दै नमुना टोलको रुपमा स्थापित हुन शुभाकमना व्यक्त गरेका छन् ।

रामपुर नगरपालिका ४ का वडाध्यक्ष रामबहादुर रानाले वडाले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा प्रगति विवरण पेश गर्दै वडाका लागि प्राप्त हुने बजेट टोल विकास समिति संग समन्वय गरी वितरण गर्ने प्रतिवद्धता जनाए । उनले टोल विकास समितिलाई सक्षम बनाउनका लागि तालिम यस पटक तालिम समेत सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा योजना शाखा प्रमुख विक्रम बस्नेत, नेपाली कांग्रेस रामपुर ४ का उपसभापति विष्णुबहादुर जिसी, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका नगर सदस्य टेकबहादुर क्षेत्री, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनीराज अधिकारी, रानीवन तथा वडभान सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष सीता प्रधान, रेवतीपोखरा टोल विकास समितिका अध्यक्ष विमल श्रेष्ठ, गोदाम चौपारी टोल विकास संस्थाका अध्यक्ष मोहनबहादुर थापा, देविस्थान टोल विकास संस्थाका अनिता राना, प्रशिक्षार्थी समिना खातुनले आफ्ना भनाई राखेका छन् ।

तालिममा १४ वटै टोल विकास संस्थाका पदाधिकारीको सहभागी थिए । तालिमको सहजिकरण रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थी, योजना शाखा प्रमुख विक्रम बस्नेत, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दानहादुर हिस्की, पत्रकार सुशीला रेग्मी र इमान सिं रानाले गरेका हुन् ।

कार्यक्रममा रामपुर नगरपालिका ४ नं. वडा कार्यालयले सञ्चाकर्मी तथा तालिमका प्रशिक्षकलाई सम्मान गरेको छ । वडा कार्यलयले वार्षिक नीति तथा योजना तर्जुमा, तालिम तथा विविध कार्यक्रमको अवसरमा राष्ट्रिय समाचार समिति रामपुर संवाददाता सुशीला रेग्मी, पृथ्वी टेलिभिजनका प्रबन्धक कृष्णप्रसाद पौडेल, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दानहादुर हिस्की, गोरखापत्र दैनिक रामपुर समाचारदाता इमान सिं राना, रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थी र योजना शाखा प्रमुख विक्रम बस्नेतलाई सम्मान गरेको हो । त्यस्तै वडाभित्र रहेका टोल विकास समितिमध्ये संगम टोल विकास समितिलाई उत्कृष्ट टोल विकास समितिको रुपमा सम्मान गरेको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डित र वडाध्यक्ष रामबहादुर राना लगायतले सम्मान गरेका हुन् । साथै कार्यक्रममा गत बैशाख १९ गते डढेलोका कारण घर तथा गोठमा क्षति भएका परिवारलाई राहत रकम प्रदान गरिएको छ । वडाभित्रका टोल विकास समितिको सक्रियतामा संकलन भएको १ लाख ५४ हजार ४ सय ११ रुपैयाँ चार परिवारलाई बराबर प्रदान गरेको हो ।

वडा सदस्य मोहम्मद अजिम शेखको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीलाई वडा सदस्य मोहन सिं रानाले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन वडा सचिव सविता आलेले गरेकी हुन् ।

 

You might also like

Comments are closed.

Secret Link