काठमाडौं । मोटिफ एजुकेसन एब्रोडले गो ग्लोबल एजुकेसन फेयर २०२४ आयोजना गरेको छ । मे २८ (जेठ १५) मंगलवार नयाँ बानेश्वरस्थित ओमकार भवनमा रहेको कम्पनीको कार्यालयमा ‘थ्राइभ ग्लोबल्ली’ थिममा सो फेयर सम्पन्न हुने कम्पनीका संस्थापक उमेश पाण्डेले बताए ।
फेयरमा सहभागी विद्यार्थीलाई कम्पनीले विशेष किसिमको छुट अफर पनि सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ८ हजार ५ सयमा अध्ययन भइरहेको आयल्स कोर्स फेयरमा सहभागीले ५ हजार रुपैयाँमै गर्न पाउनेछन् ।
यस्तै १० हजार रुपैयाँमा भइरहेको पिटिइ ६ हजार रुपैयाँमा र १५ हजार रुपैयाँमा भइरहेको एसएटी कोर्स १२ हजार रुपैयाँमै अध्ययन गर्न सकिने पाण्डेले जानकारी दिए । यस कम्पनीले विशेषगरी अष्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड, बेलायत र अमेरिकामा हजारौं विद्यार्थीलाई उच्च शिक्षाका लागि विभिन्न मुलुक पठाइसकेको छ ।
मोटिफबाट गएका विद्यार्थीहरु सफल जीवनयापन गर्नुका साथै विभिन्न बहुराष्ट्रिय कम्पनीहरुमा समेत रोजगार प्राप्त गरेका छन् । फेयरमा यी मध्येका कुनैपनि मुलुकका विश्वविद्यालय वा कलेजमा कसरी छात्रवृत्तिमा अध्ययन गर्न सकिन्छ भन्नेबारे विद्यार्थीलाई जानकारी दिइन्छ ।
साथै अमेरिकाबाटै अध्ययन गरेर आएका विशिष्ठ व्यक्तिको अनुभव समेत सेयरिङ गरिने पाण्डेले बताए । उच्च शिक्षाका लागि विदेश जाने सोँचमा रहेका विद्यार्थीले उपयुक्त गन्तव्य कुन हो भन्नेबारे समेत फेयरमा जानकारी पाउन सक्नेछन् ।
अहिले कुन कोर्स अध्ययन गर्ने भनेर दोधारमा रहेका विद्यार्थीलाई समेत जानकारी दिइनेछ । १८ वर्ष लामो अनुभव र विज्ञता समेटिसकेको मोटिफ एजुकेसनले कुनैपनि कोर्समा विशेषज्ञ हासिल गरेका अनुभवी शिक्षकबाट प्रशिक्षण गराइने पाण्डेको भनाइ छ ।
दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने सो एडुफेयरले विद्यार्थीलाई अब कसरी अगाडी बढ्ने भन्नेबारे स्पष्ट भिजन बनाउन सहयोग गर्नेछ । फेयरमा करिव ५ सय भन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।
Comments are closed.