काठमाडौं । आबिस्कार हस्पिटल र प्राइम कमर्सियल बैँक लिमिटेड बीच ग्राहकलाई विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा प्राइम कमर्सियल बैँक लेकसाइड शाखाका शाखा प्रवन्धक दिनेशकुमार श्रेष्ठ एवं पोखरा—१०, बुद्घचोकस्थित आविस्कार हस्पिटलका प्रवन्ध निर्देशक डा. कृष्ण बोगटीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीले हस्पिटलको सेवा—सुबिधा लिएबापत फार्मेसीको बिल भुक्तानीमा ५% सम्म छुटको सुबिधा र अन्य सेवा (ल्याब टेष्ट सहित) मा २०% सम्म छुट पाउनेछन् ।
Comments are closed.