राष्ट्रपति पौडेल गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुडिखेलमा मङ्गलबार आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

गणतन्त्र दिवस २०८१ मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी, लब्धप्रतिष्ठत व्यक्ति सहभागी थिए ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्वोधन गरेका छन् ।

You might also like

Comments are closed.

Secret Link