ज्येष्ठ नागरिकसंग अन्तक्र्रिया कार्यक्रम

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ज्येष्ठ नागरिकसंग अन्तक्र्रिया तथा सम्मान कार्यक्रम गरेको छ । इटहरी शाखामार्फत मंगलवार कार्यक्रम भएको हो ।

यस फाइनान्सले इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा ज्येष्ठ नागरिक समाज समुहका ८५ जना नागरिकसंग बचत गर्ने बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार, यसका अवसरका बारेमा अन्तक्र्रिया गरेको छ ।
सोही अवसरमा ज्येष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशूल््क प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.