काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले विद्यालय झोला वितरण गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको हो । विद्यार्थीको शैक्षिक गुणस्तर अभिबृद्धिका झोला वितरण गरिएको फाइनान्सले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा संस्थाका अन्य कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी लगायत सहभागी थिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले बिगत देखि नै सामाजिक कार्य गर्दै आइरहेकोे छ । आगामी दिनमा पनि सहयोग कार्यलाई निरन्तरता दिनेमा संस्था प्रतिवद्व रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवा समेत प्रदान भइरहेको छ ।
Comments are closed.