रण–अम्बिका शाह सेवा गुठीद्वारा विभिन्न संघसंस्थालाई सम्मान

काठमाडौं । समाजसेवी रणबहादुर शाह (गोते बाबु) र उनकी श्रीमती अम्बिका मल्लको नाउँमा स्थापित रण–अम्बिका शाह सेवा गुठी नेपालले वार्षिक उत्सवको अवसर पारेर विशेष कार्यक्रम गरिएको छ । बिहीबार लाजिम्पाटमा आयोजित एक समारोहमा २०७८ सालमा स्थापना भएको गुठीले विभिन्न व्यक्ति र संस्थालाई नगदसहित सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष डा. चिन्तामणी योगीको सभापतित्व एवं पूर्व मुख्यसचि शंकर वैरागीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिर्जनात्मक कला गुठी नेपाल धोविघाटकी संस्थापक उर्मिला गर्ग उपाध्याय र दाङको पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ‘रण–अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको छ ।

पाण्डवेश्वर मन्दिरको तर्फबाट अध्यक्ष गणेश अधिकारीले प्रशंसापत्रसहित नगद ग्रहण गरेका छन् । नेपाली शिक्षा परिषद् सोह्रखुट्टे काठमाडौंलाई रु ७ लाख, हिन्दू विद्यापीठ नेपाल थली काठमाडौंलाई रु ५ लाख, एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथलीलाई ५ लाख, शंखमुल त्रिवेणीधाम आरती समूह शंखमुललाई रु २ लाख प्रदान गरिनुका साथै दुर्गा मन्दिर धर्ना दाङलाई निरन्तर सहयोग गर्ने घोषणा गरिएको छ ।

कार्यक्रममा सम्मानित व्यक्ति उर्मिला गर्गले स्व. तुलसीमेहरको प्रेरणाले समाजसेवामा लागेको बताउँदै यस्ता सम्मानले आफू थप उत्साहित भएको बताइन् । पाण्डवेश्वर महादेव मन्दिर धारपानीका अध्यक्ष गणेश अधिकारीले धर्म संस्कृतिको जगेर्नाका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव शंकर बैरागीले नेपालमा गुठीहरुले राम्रो काम गरिरहेको बताउँदै त्यसका लागि आफ्नो ठाउँबाट सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष डा. योगीले समाज सेवाको भावनाका साथ स्थापना भएको गुठीले धर्म संस्कृतिको रक्षाका लागि सदैव भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

गुठी सञ्चालक समिति सदस्य डा. मिता राणाले धन्यवाद, पोषणराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा गुठीका सचिव किरण थापाले संस्थाले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

 

lcci
You might also like

Comments are closed.