दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खखनका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ ४५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताएका छन् ।
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु २ अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । रासस






Comments are closed.