पोखरामा सार्वजनिक तथा सामुुदायिक पुस्तकालयको गण्डकी प्रदेश सम्मेलन सुुरु

पोखरा । गण्डकी प्रदेशमा रहेका सार्वजनिक तथा सामुुदायिक पुस्तकालयको दुुई दिवसीय सम्मेलन पोखरामा शनिवारदेखि सुुरु भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्दै आफ्नो दोस्रो पटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुुरु गर्न पाएकोमा खुुशी व्यक्त गरे ।

उनले पुुस्तकालय बचाउनुुपर्छ, यसको दायरा फराकिलो बनाउनुुपर्छ भन्दै आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । उनले समयानुुकुुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुुस्तकालयले काम गरिरहेकाले चुुुनौतिको सामना गर्दै नयाँ प्रविधिका साथ अगाडि बढ्र्न पे्ररित गरे ।

पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तक्र्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता, नेतृत्व विकास, बालयौन हिंसाबारे सचेतना, युवा उद्यमशील तालिम, कम्प्युटर तालिम लगायतका पुस्तकालयका गतिविधिका बारेमा चर्चा गरेका छन् ।

दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष समाजसेवी कृष्णहरि भण्डारीले स्वागत गर्दै जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्वलाई जोड दिंदै किशोरीलाई डिजिटल प्रविधिमा आधारितशिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श प्लेटफर्म टेक एज गल्र्स कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकालाई मनोसामाजिक परामर्श दिदै किशोरी र महिलाको स्वास्थ्य सम्बन्धी सचेतनार कानुनी साक्षरता लगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।

शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति, निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनुुपर्ने बताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकालयको ठूलो योगदान रहेको बताएका छन् ।

पोखरा सार्वजनिक पुस्तकालयका सचिव सुुर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि वृहत रूपमा पुस्तक सङ्कलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहासलाई स्मरण गराउँदै २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान रहेको र पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामदायिक पस्तकालयका उपाध्यक्ष निर्मला पौडेल , पोखरा महानगर वडा नं ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले शुुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयकी सदस्य मीनकुमारी डल्लाकोटीले गरेकी थिईन् ।

गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब एक सयको हाराहारीमा रहेको देखिन्छ । अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ रहेको छ । दुुई दिनसम्म चल्ने सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरु बीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने गरी घोषणापत्र जारी गर्ने वताइएको छ ।

 

You might also like

Comments are closed.

Secret Link