काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला साइकल र्याली सम्पन्न गरेको छ ।
बैंकले “इन्धन बचाऔँ, वातावरण जोगाऔँ” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थासंगको सहकार्यमा साइकल र्याली सम्पन्न गरेको छ । बैंकका सञ्चालक लिसा शेरचनले सहभागीलाई शुभाकामना दिएपछि साइकल ¥र्यालीको शुरुवात गरिएको हो ।
बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० किलोमिटर दुरीको यात्रा सम्पन्न भएको छ ।
र्यालीमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बंैकप्रति सद्भाव राख्ने व्यक्ति सहभागी थिए । वि.सं २०७९ मा १५० जना सहभागीबाट शुरु भएको साइकल ¥याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५ सय जना भन्दा बढीको सहभागीतामा सम्पन्न भएको छ ।
र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “इन्धन बचाऔँ, वातावरण जोगाऔँ” भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमलाई बैंकले निरन्तरता दिदंै जाने बताइएको छ ।
र्यालीमा सहभागी सहभागीलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध, सहभागीमध्ये एक जना भाग्यशाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहारस्वरुप एउटा साइकल समेत प्रदान गरिएको छ ।
र्यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ सम्बन्धी प्रोडक्ट समेत लन्च गरेको छ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता सो प्रोडक्ट पेपरको रहेको जानकारी गराइएको छ ।
साइकल र्यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले “इन्धन बचाऔं, वातावरण जोगाऔँ” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल र्यालीमा भएको सहभागीको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद दिदै साइकल र्याली कार्यक्रम समापन गरे ।
Comments are closed.