ब्लुबर्ड क्लिनिकमा आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई विशेष छुट

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँचमा विशेष छुट पाउने भएका छन् ।

दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात इन्स्योरेन्सका अभिकर्ता र ग्राहकले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवामा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।

सम्झैता आदान–प्रदान कार्यक्रममा कम्पनीका अन्डराईटि प्रमुख सुदिप राणाले यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेकोे बताए ।

You might also like

Comments are closed.