लायन्स क्लवको सहयोगमा निः शुल्क बाथरोग शिविर

काठमाडौं । लायन्स क्लवको सहयोगमा ललितपुरको टंगल टोलस्थित उर्जा वचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा निःशुल्क बाथरोग शिविर सञ्चालन भएको छ ।

लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौं युनाइटेड सेन्टरको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।

शिविरमा १४५ जनाको ईएसआर, सिआरपी, युरिक एसिड र सुगर सम्बन्धी बरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीले स्वास्थ्य जाँच र आवश्यक परामर्श सेवा दिएका हुन् । बाथरोग सेन्टरद्वारा औषधी वितरण निः शुल्क रगत परिक्षण गरिएको छ ।

रगत परीक्षण गरिएका बिरामीलाई शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औषधी समेत वितरण गरिएको मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।

पहिलो पटक आयोजना गरेको निः शुल्क बाथरोग शिविर सफल भएको र धेरैको राम्रो सहभागीता रहेकाले आगामी दिनमा समेत यस उर्जा साकोससंग सहकार्य गरी शिविर सञ्चालन गरिने लायन्स क्लब डिष्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताए । उर्जा साकोसद्धारा सहयोगी संस्थालाई मायाको चिनो वितरण गरिएको छ ।

lcci
You might also like

Comments are closed.