काहुँखोला भाट समाजको अध्यक्षमा श्रीराम

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औँ साधारण सभा तथा छैठौँ अधिवेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिवमा सुजु रानाभाट, सहसचिवमा बिष्णुकुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा रुद्र रानाभाट,सु. भिमबहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ रानाभाट, पितृराज रानाभाट, चन्द्रबहादुर रानाभाट र एकदेव रानाभाट सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी रानाभाट तथा भाट समाजका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै समाजले अनुकरणीय कार्य गरेको बताए । सो अवसरमा गण्डकी प्रदेश कोषाध्यक्ष रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष सुर्यबहादुर रानाभाट, शान्ति रानाभाट, मिनबहादुर रानाभाट लगायतले आफ्ना भनाई राखेका छन् ।

समाजका अग्रज अभिभावकहरु बिद्धबहादुर रानाभाट र जयकृष्ण रानाभाट, समाजलाई विधिवत वनाउन तथा भवन निर्माणमा अध्यक्षको भूमिका निर्वाह गरेका पितृराज रानाभाट, संस्थापक अध्यक्ष शान्ति रानाभाट, आर्थिक सहयोगदाता मिनबहादुर रानाभाट र समाजसेवी चन्द्रबहादुर रानाभाटलाई सम्मान गरिएको छ ।

समाजका अध्यक्ष भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चन्द्रबहादुर रानाभाटले स्वागत र सचिव सुर्यबहादुर रानाभाटले सञ्चालन गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.