खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु ७ लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।
मृतकका दुई छोरा ९ वर्षीय दिशन र ६ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्ने गरी रु ३–३ लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको छ ।
धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् । रासस
Comments are closed.