नेप्सको प्राप्ति पश्चात् नेपाल क्लियरिङ हाउसको एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।

सोमवार एक औपचारिक कार्यक्रम आयोजना गरी एनसिएचएलले एकीकृत कारोबार सुरुवातको घोषणा गरेको जनाएको छ । नेपालमा दुई भुक्तानी प्रणाली सञ्चालकहरूबीच गाभ्ने–गाभिने वा प्राप्ति भएको यो नै पहिलो हो ।

एकीकृत कारोबार घोषणाको कार्यक्रममा प्रमुख अतिथि गभर्नर महाप्रसाद अधिकारी रहेका हुन् । नेपाल राष्ट्र बैंकका उच्चपदस्थहरू, सरकारी निकायका उच्चपदस्थहरू, बैंक, वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक एवं भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।

भुक्तानी तथा फस्र्यौट विनियममा रहेको प्रावधानअनुसार डिडिए अडिटरले मूल्याङ्कन लगायत विभिन्न पक्षको समीक्षासहितको प्रक्रिया पूरा गरी १ः०.२८ स्वाप अनुपातमा एनसिएचएलले नेप्सलाई प्राप्ति गरेको हो ।
दुई संस्थाहरु बैंक तथा वित्तीय संस्थाबाट प्रवद्र्धन भएकाले प्राप्ति पश्चात् पनि कम्पनीको सञ्चालक समितिमा कुनै फेरबदल भएको छैन ।

lcci
You might also like

Comments are closed.