फेडेरल र निर्माको सहकार्यमा पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’ शुभारम्भ

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसनको सहकार्यमा मंगलवार पहिलो न्युजलेटर ‘नेप्सुरेन्स’ (NEPSURANCE) को शुभारम्भ गरीएको छ ।

फेडेरल र निर्माबीच २०८० माघ ९ गते बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान, जागरण कार्यक्रमको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनितिक समझदारी गरिएको थियो ।

फेडेरल र निर्माबीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ । ‘नेप्सुरेन्स’ दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो । जसले बीमा व्यवसायी र नागरिकलाई महत्वपूर्ण सूचना तथा जानकारी उपलव्ध गराउन मद्धत गर्दछ ।

‘नेप्सुरेन्स’ ले विश्वव्यापी र स्थानीय बीमा उद्योगका गतिविधि, विशेषज्ञ अन्तद्धष्टि, सरोकारवालाको द्धष्टिकोण, बीमा जागरुकता सम्बन्धी लेखहरु र नियामक परिवर्तनमा हुने अद्यावधिक जस्ता विभिन्न क्षेत्रलाई समेटी पाठकलाई ज्ञानवद्र्धक सुचना तथा अभिलेख प्रदान गर्नेछ ।

फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छोटो समयमै बेलायतबाट प्रतिष्ठित गुणस्तर चिन्ह आइएसओ 9001:2015 र इण्डियन चेम्बर्स अफ कमर्सबाट “ब्रोकर अफ द इयर २०२३ (नेपाल)” को उपाधी हासिल गर्न समेत सफल भएको छ ।

अर्कोतर्फ बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताको साझामञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको नेपाल ईन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसनको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशनमार्फत बीमा उद्योगको प्रवद्र्धन गर्नु हो ।

lcci
You might also like

Comments are closed.