विश्व वातावरण दिवस : वृक्षारोपण तथा साइकल र्याली

काठमाडौं । आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा साइकल र्याली आयोजना गरेको छ ।

दिवसको अवसर पारेर आज विहान कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म साइकल र्याली गरिएको हो ।

वातावरणलाई स्वच्छ राखौँ, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरणमैत्री कार्यमा हात बढायौँ, प्रकृतिप्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारासहित विश्व वातावरण दिवस मनाइएको छ । कार्यक्रममा कम्पनीका प्रमुख तथा कर्मचारी, अभिनेत्री, साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाडौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधी, स्पार्क ग्रुपका प्रतिनिधी लगायत सहभागी थिए ।

दिवसको अवसरमा नेपालको इतिहासमा पहिलो पटक निर्जीवन बीमाको तर्फबाट यस इन्स्योेरेन्सका कर्मचारीले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साइकल र्यालीमा निस्केका थिए ।

समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लाईन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधीलाई विभिन्न जातका विरुवा हस्तान्तरण गरेका छन् ।

निर्जीवन बीमाको क्षेत्रमा आइजीआई पु््रडेन्सियल सबैभन्दा ठूलो बीमा कम्पनी हो । कम्पनीले सम्पत्ति, समूद्रिक मोटर, इन्जिनियरिङ, हवाई, कृषि तथा पशुपन्छि, स्वस्थ्य, लघु लगायत थुप्रै विविध बीमामार्फत देशको ७ वटै प्रदेशमा रहेका ८० भन्दा बढी शाखा तथा सम्पर्क कार्यालयबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बीमालेख जारी तथा दावी भुक्तानीलाई सहज र सरल बनाउंदै कम्पनीले अनलाईन बीमा सेवा समेत शुरु गर्र्दै आएको छ ।

सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लप अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको छ । कार्यक्रमा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमले युवा वर्गमा वातावरण संरक्षणसहित स्थस्थ्य जीवनशैलीतर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरेका छन् ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने, प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लप अफ काठमाडौं, पिस आइडल, स्पार्क ग्रुप लगायत सहभागी सबैलाई धन्यवदा दिएका छन् । साइकल र्यालीमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.