पर्यावरणीय मैत्री विद्धुत्तीय सवारी प्रयोगमा जोड दिदै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले पर्यावरणीय मैत्री विद्धुत्तीय सवारी प्रयोगमा ल्याएको छ ।

हरित पर्यावरणीय योजनालाई निरन्तरता दिदै आफ्नो वार्षिकोत्सव महिना (जेठ) को रुपमा रहेको ३० औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्धुत्तीय सवारी प्रयोगमा ल्याएको हो ।

बैंकले दुईवटा विद्युत्तीय गाडी प्रयोगमा ल्याइसकेको छ । हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यले कार्यालयमा प्रयोग हुने सवारीमा क्रमशः विद्धुत्तीय गाडीको प्रयोग बढाउँदै जाने बताइएको छ । यस्ता कार्यक्रमले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबारसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ ।

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोली सहभागी थिए । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र ७ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

You might also like

Comments are closed.