भरतपुरमा सरसफाई तथा वृक्षारोपण

चितवन । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा सरसफाई तथा वृक्षारोपण गरिएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सडकको डिभाइडरमा वृक्षारोपण गरेर उद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भरतपुरलाई हरियाली र सुन्दर सहर निर्माण गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताइन् ।

‘हरियाली महागनर’ बनाउने अभियानमा भरतपुर महानगर विगतदेखि अगाडि बढेको प्रमुख दाहाललको भनाई छ ।
भरतपुरका मुख्य सडकलाई हरियाली नमुना सडक निर्माण गर्नेतर्फ महानगर निरन्तर रुपमा काम गरिरहेको उनले बताइन् । विगतमा महानगरले वातावरणको क्षेत्रमा ठुलो बजेट विनियोजन गरिसकेको र आगामी आर्थिक वर्षमा पनि हरियाली विषेश बजेट विनियोजन हुने प्रमुख दाहालले प्रष्ट पारिन् ।

‘भरतपुर प्रकृतिको धनी सहर हो, दुई वटा ठुला नदी र चारैतिर हरियाली जंगल छ, अब यसलाई व्यवस्थित र आर्कषक बनाउनेतर्फ सबै जुट्न जरुरी छ, नेपालमै हरियाली सहरको परिचय स्थापित गर्ने गरी भरतपुरले काम गर्दैछ’ उनले भनिन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सरसफाई कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

दिवसको अवसरमा बुधबार विहान बासपार्कचोकदेखि आँपटारीसम्म दुई समूहमा सरसफाई गरिएको हो । कार्यक्रममा स्काउट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र विद्यार्थी लगायत सहभागी थिए ।

lcci
You might also like

Comments are closed.