नेपाल राष्ट्र बैंकलाई व्याज अनुदान रोक्का नगर्न नेपाल डेरी एसोसिएसनको माग

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दुग्ध किसान, दुग्ध व्यवसायीलाई दिदै आएको व्याज अनुदान कार्यक्रम रोक्का नगर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

एसोसिएसनले आज एक पत्र जारी गर्दै दुग्ध किसान, दुुग्ध व्यवसायीलाई उपलब्ध गराएको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान कार्य रोक्का नगर्न राष्ट्र बैंकलाई आग्रह गरेको हो ।

नेपालका वाणिज्य बैंकहरुले ५ वर्षको लागि दिदै आएको ५ प्रतिशत व्याज अनुदान ५ वर्ष पूरा नभई कृषक र डेरी उद्योगहरुलाई हाल दिन छाडेको भन्ने गुनासो एसोसिएसनमा आएको अध्यक्ष प्रल्हाद दाहालले बताए ।

वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले श्रोत भर्ना नगरेकाले व्याज अनुदान रोक्का भएको र व्याज अनुदान रोक्का हुँदा दुग्ध किसान, दुग्ध व्यवसायी पीडित भएकाले ऋणि र बैंक बीचको सम्झौता अनुसार व्याज अनुदान यथावत नै उपलब्ध गराउन एसोसियसनको माग छ ।

व्याज रोक्का हुदा दुग्ध किसान, दुग्ध व्यवसायीलाई मार परेकाले सो विषयलाई मध्यजर गरी तत्काल माग सुनुवाई गर्न एसोसिएसनले माग गरेको छ ।

 

You might also like

Comments are closed.

Secret Link