गण्डकी प्रदेश स्तरिय चौँथो आइटिएफ तेक्वान्दो प्रतियोगिता हुदै

पोखरा । गण्डकी प्रदेश स्तरिय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा आउँदो जेठ २५ र २६ गते तनहुँको भिमादमा प्रतियोगिता हुने प्रदेश सदस्य तथा कार्यक्रम व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ३६ स्वर्ण, ३६ रजत र ७२ काश्य गरी १४४ पदकका लागि पुरुष स्पाईरिङतर्फ २० देखि ८५ केजि तौल समुहमा र महिलातर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी महिला तथा पुरुष प्याट्रनतर्फ हरियो, निलो, रातो कलर वेल्ट तथा प्रथम, दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने बताइएको छ ।

तनहुँ , बाग्लुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीले सहभागी हुने आयोजकले जनाएको छ । प्रत्येक सहभागी जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरी २५० भन्दा बढी सहभागी हुनेछन् ।

प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपुर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।

कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर सरमाले गर्नेछन् भने औपचारिक समापन भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गर्ने आयोजकले जनाएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.