कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुन नहुने : मुख्यमन्त्री पौडेल

बागमती ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुन नहुने बताएका छन् ।

प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने छ भने ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलगायतले सम्झौताको पालना गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

lcci
You might also like

Comments are closed.