एनसेल र नेपाल युवा परिषदको पहलमा ७७ वटै जिल्लामा एकैसाथ ७७ सय वृक्षारोपण हुदै

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले ७ प्रदेशका ७७ वटै जिल्लामा एकसाथ ७७ सय वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गरिनेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षारोपण गर्ने छन् र यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ ।

वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिश्चित गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ । सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाको प्रतिभा विकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुदा यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदा खुसी लागेको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले भनिन् ।

नेपालका युवाका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी नेपाल सरकार, नेपाल युवा परिषद र अन्य सरोकारवाला निकायसँग काम गर्दै आएको छ ।
सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवा दिवस २०२४’ मा पनि एनसेलको विशेष सहकार्य रहेको छ । नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी बृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए ।
एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवालाई वातावरण संरक्षणमा जोड्दै युवालाई सामाजिक रुपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान सञ्चालन गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाई छ । लामो समयदेखि युवाका क्षेत्रका क्रियाशिल परिषद्ले विभिन्न तहमा युवालाई जोडेर विगत लामो समय देखि नै वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा समेत कार्य गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.