नेप्से परिसूचक ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार आज पुनः थप ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १ दशमलव ९३ अङ्कले ओरालो लागेर २ हजार ७७ दशमलव ७८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव २७ अङ्कले ओरालो लागेर ३७० दशमलव ३४ मा सीमित भएको छ । कूल ८८ लाख १३ हजार ३७४ कित्ता शेयर रु ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, इमर्जिङ नेपाल,मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर ९ दशमलव ८८, माण्डु हाइड्रोपावर ८ दशमलव ४३ र सुपर मादी हाइड्रो पावरका लगानीकर्ताले ७ दशमलव ५८ कमाएका छन् ।

त्यस्तै,माई खोला हाइड्रोपावर ६ दशमलव ४०, ज्योति विकास बैंकको ऋणपत्र ५ दशमलव ३१, नारायणी डेभलपमेन्ट बैंक ५ दशमलव ३१, पोखरा फाइनान्स ५ दशमलव १२ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले ४ दशमलव ५६ प्रतिशतले गुमाए । रासस

lcci
You might also like

Comments are closed.