रोटरी क्लब पोखराद्वारा विद्यालयलाई सहयोग

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णले विहिबार पोखरा–३३, वागमारा र पोखरा–२१, निर्मल पोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका सामाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रायोजन रहेको कार्यक्रममा वागमाराको सत्यसाइ विद्याश्रमलाई साइन्स ल्याब सामाग्री तथा निर्मल पोखरीको जनचेतना माविका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरेको हो ।

विज्ञान प्रयोगशालाको लागि १२० थान साइन्स ल्याव सामाग्री र जनचेतना माविका १५० भन्दा बढी विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री गरी दुईवटा स्कुललाई करिब एक लाख ५० हजारको सहयोग गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले बताए ।

बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसी लगायतले आफ्ना भनाई राखेका छन् । त्यसैगरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्योधन गिरी, भुपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगायतले क्लबलाई धन्यवाद दिएका छन् ।

रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै सुखमा हुर्केका विद्यार्थी भन्दा दुखमा हुर्केका विद्यार्थी पढाईमा अब्बल हुने भन्दै स्रोत साधन भएन भनेर निरास हुन नहुने बताएका छन् । क्लबका अध्यक्ष तोयबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.