ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

काठमाडौ । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघले आफ्नो वस्तुगत संघका रुपमा रहने गरी ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो ।

यसैगरी संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् । सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, सुरज खड्का र प्रकाश भुसाल चयन भएका छन् ।

संघको सल्लाहकारमा राजकुमार तिमिल्सिना, तिलक कोइराला, राधा पोखरेल र धर्म राजसापकोटा चुनिएका छन् । यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आधिकारिक संघ हो । संघको गठनसँगै अबका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा शसक्त रुपमा आवाज उठाउने संयोजक ढकालले बताए ।

यसैगरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै अब सस्थागत रुपमै समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी महासंघका संयोजक भागिरथ सापकोटाले अबका दिनमा नवगठित ६३ लाख लगानीकर्ताको हितमा काम गर्नुपर्ने बताए । साथै यो संघ पार्टीको आधिकारिक संस्था भएकाले पुंजी वित्त वजार मैत्री नीति नियम बनाउन पार्टीको तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिए ।

lcci
You might also like

Comments are closed.