सवा अर्ब लगानीमा ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै

पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले सो रेटिङ प्राप्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत (अजित) को एकल लगानीमा सञ्चालनमा आउन लागेको होटलले सो रेटिङ पाएसँगै डलब बी माईनसबाट दिर्घकालिनका लागि ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फ छोटो अवधिका लागि ३ करोड रपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।

विन्धाम होटल एशिया प्यासिफिक प्रालिबाट मान्यता प्राप्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा रेटिङ दिइएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । कम्पनीलाई दिइएको रेटिङ कम्पनीका लगानीकर्ताको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिइएको प्राथमिकता लगायतलाई पनि आधारमा लिएर दिइएको छ ।

होटललाई एबी इन्भेष्टमेन्ट होल्डिङ्सका अध्यक्ष देशबन्धु बस्नेतले एकल लगानीमा निर्माण गर्दै आएका छन् । उनको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरुमा प्रत्यक्ष लगानी र परियोजनाहरु निर्माण गर्दै आइरहेको छ । होटलले प्रतिष्ठित विदेशी चेन होटल विंडहामसँगको सहकार्यमा रमाडा ब्राण्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु सञ्चालित छन् । अध्यक्ष बस्नेतसँग यस्ता परियोजनामा काम गरेको लामो अनुभव र सफलतालाई हेरेर नै उनको होटलले रेटिङ पाएको बताइएको छ ।

इटहरीमा रहेको ग्राण्ड सेन्ट्रल होटलले यसअघि नै विन्डहाम होटल्स एण्ड रिसोर्टसँग इटहरीमा ‘विन्डहाम होटल बाइ रमाडा’ सञ्चालनका लागि फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । सम्झौतापत्रमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत र युरेसियाका मार्केटिङ प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका हुन् ।

होटलको कुल लगानी १ अर्ब ७ करोडमा निर्माण भइरहेको सो होटललाई २०२५ को मध्यतिर सफ्ट लञ्च गरिसक्ने लक्ष्य लिएको छ भने पूर्ण रुपमा २०२६ को सुरुवातमै पूर्ण सञ्चालनमा आइसक्ने बताइएको छ । अर्थात् होटलको वित्तीय र भौतिक प्रगतिसँगै आगामी योजना हेरेरै इन्फोमेरिक्सले होटललाई रेटिङ दिएको बताइएको छ ।

होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दूरिमा रहेकाले यसले भारतीय पर्यटकलाई लक्षित गरेको बताइएको छ । यसरी सेवाग्राहीलाई प्राथमिकतामा राखेर स्थान छनोट गरी होटल स्थापना भइरहेकाले पनि होटललाई रेटिङ दिइएको इन्फोमेरिक्सले जानकारी दिएको छ ।

You might also like

Comments are closed.