नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः कोईराला

काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यावसायी संघको दोश्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा रमेश कोइराला निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा सम्पन्न भएको नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अधिवेशन एवम् संघको सातौँ र आठौँ वार्षिक साधारण सभाबाट अध्यक्षमा कोईराला विजयी भएका हुन् । यो जित संगै कोईरालाले अटो व्यवसायी संघको दोस्रो पटक नेतृत्व गर्दैछन्

दुईवर्ष प्रश्चात् हुँदै गरेको सो अधिबेशनमा उम्मेदवार बीच सहमति नजुटेपछी अधिवेशन निर्वाचन प्रक्रियामा गएको हो । अधिवेशनमा वर्तमान अध्यक्ष रमेश कोइराला र निवर्तमान बरिस्ठ उपाध्यक्ष कुमार चिमुरियाको दुई प्यानल बीच सहमति नजुटेपछि चुनावमा होमिएका हुन् ।

नर्वाचनमा १३९ जना मतदातामध्ये कोईरालाको पक्षमा ८२ मत खसेको थियो भने उनका प्रतिष्पर्धी चिमोरियाको पक्षमा ५५ मत खसेको थियो । दुई मत बदर हुदा समेत अध्यक्ष कोइराला २७ मतको अग्रताका साथ विजयी बनेका हुन् ।

नवनिर्वाचित कार्यसमिति अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा र प्रविन लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले, अमित अधिकारी र कोषाध्यक्षमा प्रदिप राना मगर साथै सहकोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ लगायत ७ सदस्य निर्वाचित भएका थिए ।

You might also like

Comments are closed.