काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४ दशमलव ५९ अङ्कले ओरालो लागेर २ हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १५ अङ्कले ओरालो लागेर ३६८ दशमलव १८ मा सीमित भएको छ ।
एक करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर रु ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ मा कारोबार भयो । नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स ७ दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर ५ दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ५२ प्रतिशतले गुमाएका छन् । रासस
Comments are closed.