काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज कालिमाटी ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिलभक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा भएको सभामा उर्जा उद्यमी एवम् कम्पनीका पूर्व अध्यक्ष नरेन्द्र बल्लभ पन्थ सहभागी थिए ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष पाण्डेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरण माथि छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने, उसको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवाखोला जलविद्युत आयोजना (५० मे. वा.) (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगले गत माघ २२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु. एक अर्ब २३ करोड, ५ लाख बमोजिमको सेयर संख्या एक करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १ः१ अनुपातमा हकप्रद शेयर जारी तथा निष्काशन गर्ने, हकप्रद सेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्घि गर्ने तथा निष्काशन पश्चात चुक्ता पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने तथा सो सम्बन्धी आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने पारित गरेको छ ।
साथै हकप्रद सेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड., कम्पनी रजिष्ट्रारको कार्यालय, लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र माथि उल्लेख गरेबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नु परेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव साधारण सभामा पारित भएको छ ।
Comments are closed.