सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल बैंकद्वारा सडक डिभाईडर सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडर सहयोग गरेको छ ।

बैंकका शाखा प्रबन्धक नारायणप्रसाद दाहालले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डाक्टर ध्यानेन्द्रबहादुर राईलाई सडक डिभाईडर हस्तान्तरण गरेका छन् । राईले बैंकले सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिएका छन् ।

बैंकका कीर्तिपुर शाखा प्रबन्धक दाहालले बैंक र विश्वविद्यालय बीच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेका भूमिकाको कदर गर्दै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत बैंकको तर्फबाट यस्तै खालका सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साह र नेपाल बैंकका कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.