मोटरसाइकलिङ्ग कार्निभल अगस्टको चौथो हप्ता

काठमाडौं । मोटरसाइकलिङ्ग कार्निभल (बाइकर्स जात्रा) २०२४ अगस्ट २४ गते गोदावरी भिलेज रिसोर्टमा आयोजना हुदैछ ।

सन् २०१७ मा स्थापित बाइकाहोलिकले द हिमालयन टाइम्ससंगको सह–आयोजनामा हुन लागेको यस कार्निभलमा हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बताइएको छ । बाइकाहोलिक मूलतः बाइक एण्ड कफि र कार एण्ड कफि जस्ता इभेन्टको लागि चर्चित छ ।
बाइकाहोलिक नेपालको प्रसिद्ध अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्ससंगको सहकार्यले नेपाली मोटरसाइकल क्षेत्रकै एउटा अनौठो, रोमञ्चकारी तथा लोकप्रिय इभेन्ट लिएर सहभागी भएको हो ।

अगस्टमा हुने बाइकर्स जात्रा नेपाली अटोमोबाइल, मोटरसाइकल, पर्यटन तथा स्पोर्ट क्षेत्रकै मेघा र माइलस्टोनिक इभेन्ट बनाउने प्रयत्न हुनेछ । जसमा मोटरसाइकल परेड, लाइभ म्युजिक पर्पmमेन्स, डिजे स्टल, मोटरसाइकल सम्बन्धी खेलहरू, क्याम्पिङ्ग, सेफ्टी राइडिङ आरिन्टेसन, र अवार्ड तथा स्टोरीटेलिङ्गहरु रहनेछन् ।

मोटरसाइकलिङ सम्बन्धी स्टलहरू, प्रदर्शनी, प्रोडक्ट लञ्चीङ्ग लगायतका कार्य पनि जात्राका थप आकर्षण हुनेछन् । नेपाली मोटरसाइक्लिङ क्षेत्रको राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आबद्ध यो कार्निभलको महत्वपूर्ण कार्यक्रम मोटरसाइकल सम्बन्धि राष्ट्रिय तहको पोलिसि डाइलग पनि हो ।

“मोटरसाइकल सुरक्षा र स्थिरता मा अन्तरक्रिया” शिर्षकमा हुने सो कार्यक्रममा नेपाली मोटरसाइक्लिङ क्षेत्रकै महत्वपूर्ण व्यक्तिको सहभागिता रहनेछ । जुन सत्रमा नेपालमा दुई पाङ्ग्रे भ्रमण, मोटरसाइकल सुरक्षा र स्थिरता र मोटरसाइकलमा महिला जस्ता विषमा प्रस्तूती र छलफल हुने बताइएको छ ।

यस कार्यक्रमले मोटरसाइक्लिस्ट युवालाई साझा प्याटफर्म दिन, नीतिगत छलफल र योजनामा मोटरसाइकल जोड्न, नेपालको दिगो पर्यटन प्रवर्द्धनमा मोटरसाइकल बुझाउन, दुुई पाङ्ग्रा यात्राको अवधारणा विकास गर्न, युवाहरूको साहस, सृजना र सकारात्मकता विकास गर्न, प्रोडक्टहरूको व्यवसायिक प्रमोसन र ब्राण्डीङ्ग गर्न, मोटरसाइकलसँग युवा र म्युजिकको संयोजन गर्न, इभेन्टमार्पmत सडक दुघटना पिडितलाई सहयोग गर्न, स्टोरीटेलिङ्गमार्पmत आ–आफ्नो भावना, कला र क्षमता प्रस्तुत गर्ने विश्वास छ ।

You might also like

Comments are closed.