काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स लिमिटेड २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । विगत २२ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएको छ ।
संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा बिगतमा जस्तै सो सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन् ।
वार्षिकोत्सवको उपलक्ष्यमा फाइनान्सले ग्राहक, शुभचिन्तक तथा शेयरधनी, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायप्रति आभार प्रकट गरेको छ । आगामी दिनमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
संस्थाले वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्तसञ्चार सेवाकेन्दको प्राविधिक सहयोगमा प्रधान कार्यालय हरिहरभवन पुल्चोकमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत सङ्कलन भएको बताइएको छ ।
यस संस्थाले हाल प्रधान कार्यालयसहित २३ शाखा कार्यालय र ४ एक्सटेन्सन काउन्टरबाट सबै प्रकारका बैंकिङ सेवाहरु प्रदान गर्दैैै आइरहेको छ भने व्यक्तिगत निक्षेप खाताको लागि ५ लाखसम्मको निक्षेप विमा समेत गरिएको छ ।
Comments are closed.