पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने

पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालामा असार २ गतेदेखि हुने प्रतियोगितामा ४० भन्दा बढी टिमको सहभागी हुने सम्भावना रहेको खेल संयोजक साजन रेग्मीले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७७ हजार ७७७ रुपैया नगद र दोश्रो हुनेले नगद ३७ हजार ७७७ रुपैयाँ, प्रमाणपत्र ट्रफी र मेडल पुरस्कार पाउनेछन् ।

टिम दर्ता शुल्क ५ हजार ५५५ रहेको प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोल किपर, हाइ स्कोररलाई ट्रफी, स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको लागि प्रायोजन बन्धु फुटवल क्लब, मिडिया पार्टनरमा दरबारथोक एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

You might also like

Comments are closed.