सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी बीच अन्तक्र्रिया सम्पन्न भएको छ ।

पोखरा रहेका सिसिटिभी क्यामेरा बिक्रेताहरुद्धारा गठन भएको लायन्स क्लबका पदाधिकारी र भर्खर बजारमा आएको सिसिटिभी क्यामेरा जोभिजन ब्राण्डका व्यवसाय विकास व्यवस्थापक आशुतोष श्रेष्ठ र जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका विभाग प्रमुख अभिजीत विश्वास बीच अन्तक्र्रिया भएको हो ।

अन्तक्र्रियामा जोभिजन ब्राण्डका व्यवसाय विकास व्यवस्थापक श्रेष्ठले पोखरामा रहेका सिसिटिभीका बिक्रेताको सहकार्यको प्रशंसा गरे । आजकल बजारमा झोले व्यापारीका कारण सिसिटिभी व्यापारमा नकारात्मक असर पारिरहेको सन्दर्भमा पोखरामा रहेका सिसिटिभी बिक्रेताहरु संगठित भएर लायन्स क्लब गठन गरी आफ्नो व्यापार व्यावसायलाई समेत सांगठनिक रुपमा अगाडी बढाएकोमा श्रेष्ठले लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीमा आवद्ध सबैलाई धन्यवाद दिएका छन् ।

आफुहरुले बजारमा नया ब्राण्ड जोभिजन ल्याएको र त्यसको प्रचार–प्रसारका लागि पोखरामा आएर बिक्रेतासंग भेटघाट गर्न पाउदा खुसी लागेको बताउँदै आफ्नो नयाँ ब्राण्डलाई समेत पोखरामा बिस्तारका लागि पोखरेली बिक्रेतासमक्ष उनले आग्रह समेत गरेका छन् ।

जोभिजनका आधिकारीक बिक्रेता एस एचटीसि प्रालिका विभाग प्रमुख अभिजीत विश्वासले जोभिजनले पोखरामा डिलरलाई मात्र आफुहरुले जोभिजनको सामाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो समय बजारमा डिलरसंगै अन्य व्यापारीलाई अधिकृत बिक्रेताले सामाग्री उपलब्ध गराउँदा बजारमा अधिकृत डिलर समक्ष ग्राहक पुुग्न नसकेको र साना व्यापारीका कारण ब्राण्डमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले आफुहरुले अधिकृत डिलरमार्फत नै आफुहरुको ब्राण्ड बिक्री वितरण गर्ने बताए ।

लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका जोन चियर पर्सन मातृका पोखरेलले ग्राहकलाई सिसिटिभी क्यामरा जडान गर्दा लोकल सामाग्री भन्दापनि ब्राण्डका सामाग्री उपलब्ध गराउन सके बिक्रेतालाई सहज हुने बताए । अहिले बजारमा आफुहरुले कुनै ब्राण्डको डिलर लिएतापनि कुनै व्यवशायीेले कम्पनीमा फोन गरेर सामान मगाएमा पठाउने प्रचलन बढेका कारण त्यसबाट ब्राण्ड लिने डिलरलाई अप्ठ्यारो पर्ने गरेको बताउदै जोभिजनलाई त्यसप्रति सचेत हुन आग्रह गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदिप ओझाले पछिल्लो समय सिसिटिभी क्यामेराको बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण व्यवसायीहरु मिलेर जानुको विकल्प नरहेको बताएका । व्यवसायीले लोकल सामान भन्दापनि ब्राण्डलाई नै जोड दिनुपर्ने उनको भनाइ छ । आयुषा इन्टरनेश्नलका सञ्चालक अनिल श्रेष्ठले व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा मिलेर व्यवसाय गर्न सके सम्पूर्ण व्यवसायीलाई फाइदा हुने बताए । व्यवसायीहरु मिलेर काम गर्न सकेको खण्डमा कुनैपनि ब्राण्डले ब्यवसायीलाई प्रतिस्पर्धामा उतार्न नसक्ने उनले बताए ।

लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीकाका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेनी कम्युनिकेशनका प्रवन्ध निर्देशक लक्षिण खत्री तथा क्लबका पदाधिकारी र सदस्य सहभागी थिए । कार्यक्रमको सञ्चालन क्लवका उपाध्यक्ष तथा गोम्जा आइटी इन्जीनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले गरेका हुन् ।

lcci
You might also like

Comments are closed.