प्रतिभा माविमा नेपाली समाचार वाचन प्रतियोगिता

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपाली समाचार वाचन प्र्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीको वाक्कला तथा पठन सीपलाई उजागर गराउने उद्देश्यले नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ६ देखि ७ कक्षाका ६२ जना विद्यार्थीको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले समाचार वाचन आफैमा अत्यन्त संवेदनशील विषय भएको बताए । समाचारमा लेखिएका शब्द र वाक्यलाई मात्र पढ्नु नभएर विशेष प्रकारको कला, क्षमतालाई कसीमा राखेर जोखिने प्रतियोगिता भएकाले धेरैभन्दा धेरै छोराछोरीले यस्ता कार्यक्रममा सहभागी हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रम सह–प्राचार्य प्रदीप खनालको अध्यक्षतामा भएको हो । कार्यक्रममा ज्योतिन्मा ताम्रकार प्रथम, आयना गुरुङ द्वितीय, प्राप्ति पौडेल तृत्तीय र विराज भट्टराई सान्त्वना भएको अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका हुन् ।

 

 

You might also like

Comments are closed.