शिवम् कीर्ति समारोहमा सर्वोत्कृष्ट ३१ डिलर सम्मानित

काठमाडौं । शिवम् सिमेन्टसले आयोजना गरेको ‘शिवम् कीर्ति समारोह २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । ५ वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको हो ।

समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरमध्ये सर्वोत्कृष्ट ३१ डिलरलाई विभिन्न विधामा अवार्डबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको छ भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड, उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको छ ।

कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत ५ वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि वितरक तथा डिलरले देखाएको धैर्यता र ऐक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए । जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम् नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका छन् ।

शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जित्न सफल भएका छन् । समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

देशभरका वितरक तथा विक्रेताको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको बताए । उनले भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए । सहभागी डिलरले शिवम् सिमेन्टले आयोजना गरेको यस कार्यक्रमबाट व्यापार, व्यवसायमा लागेका सबै उद्यमी, व्यापारीलाई थप उर्जा र हौसला प्रदान गर्ने आफ्ना धारणा राखेका छन् ।

You might also like

Comments are closed.

Secret Link