भद्रपुर मालपोतको राजस्व वृद्धि

भद्रपुर (झापा) । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा रु ७० करोड ९८ लाख १३ हजार ८९१ राजस्व सङ्कलन गरेको छ ।

११ हजार ८६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो । चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए ।

“गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा रु २० करोड ८७ लाख ९३ हजार ६१४ ले राजस्व सङ्कलन बढेको छ,” उनले भने । गत आवको सोही अवधिमा रु ५० करोड एक लाख २० हजार २७७ राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा सेवा करबापत रु ६ करोड ८६ लाख ७० हजार २८९, रजिष्ट्रेसन दस्तुर रु ४३ करोड ४३ लाख ७८ हजार ३५५, छुटबापत रु ५ करोड ७० लाख ६३ हजार ७४५, डोर सुविधा शुल्क रु एक लाख ६५ हजार सङ्कलन भएको छ ।

पूँजीगत लाभकर रु २६ करोड ३५ लाख ५५ हजार ३८५ र विलम्ब शुल्कबापत रु एक लाख ८ हजार ६०६ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए । रासस

You might also like

Comments are closed.