महिन्द्रा गाडीका ग्राहक लक्षित ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकलाई लक्षित गरी यही असार ९ देखि २१ गतेसम्मका लागि ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी’ योजना ल्याएको छ ।

जुन डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा रु. १००० को स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ । बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले ग्राहकको सुविधाको लागि हामीले यस्ता योजनाहरू ल्याइरहेको बताए । यो योजना पनि त्यसै अन्तर्गतको हो ।

बोलेरो ग्राहकले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकुन भन्ने हाम्रो चाहना रहेको श्रेष्ठ बताउँछन् । यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा मात्र लागू गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै योजना अन्तर्गत महिन्द्राका कुनैपनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ्, अग्नि हायर पर्चेजमार्फत सरल फाइनान्सिङ लगायत अन्य सुबिधा पनि उपलब्ध गराउनेछ ।

You might also like

Comments are closed.