श्री एयरलाईन्सबाट भरतपुर विमानस्थलमा पहिलो पटक परीक्षण उडान

काठमाडौं । श्री एयरलाईन्सको क्यु ४०० ड्यास ८ विमान भरतपुर विमानस्थलमा पहिलो पटक परिक्षणका रुपमा सफल उडान भएको छ ।

आज श्री एयरलाईन्स प्रालिको अत्याधुनिक क्यानडामा निर्मित क्यु ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा उडान गरिएको हो । पाइलट क्याप्टेन बिएस थापाले कल साइन ९एन ९एन एओआई (9 N  9N AOI), क्यु ४०० ड्यास ८ विमान १५ मिनेटको दुरीमा विमानस्थलमा अवतरण गराएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको बृद्धि, पूर्व पश्चिम राजमार्गको केन्द्रबिन्दु, व्यापारिक क्षेत्रमा यात्रुहरुको अत्यधिक चापलाई सहज बनाउन भरपुर विमानस्थलको सेवा विस्तार गर्न लागेको जनाइएको छ । परिक्षण उडान पश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत पाएपछि नियमित उडानहरु सञ्चालन गरिने एयरलाईन्स प्रालिका प्रबन्धक कर्पोरेट अनिल मानन्धरले जानकारी दिए ।

क्यानडाको तत्कालिन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुुभूति दिने र भरपर्दो क्यानडाको प्राट एण्ड ब्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका इन्जिन जडान भएको विमान हो ।

यस विमानले सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा सि आर जे ७०० जेट विमानहरुबाट नेपालका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन शुरु गरेको हो । यो विमान छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको छ ।

श्री एयरलाईन्सले सेवा शुरु गरिसकेपछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन् । सि आर जे २०० तथा ७०० र क्यु ४०० ड्यास ८ विमानहरुबाट काठमाडौं विमानस्थलबाट भरतपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडाहरु नियमित रुपमा हवाई सेवा सञ्चालन गरिरहेको श्री एयरलाईन्स प्रालिले जनाएको छ ।

lcci
You might also like

Comments are closed.