पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलालाई सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिइन् । उनका अनुुसार महिलालाई अत्यावश्यक सेनेटरी प्याड १२ सय थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मञ्चका अध्यक्ष रेग्मी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायत सहभागी थिए ।
मञ्चले स्वदेश एवम् विदेशमा पर्यटन राजधानी पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Comments are closed.