कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष साँस्कृतिक प्रस्तुति

काठमाडौं । विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाईन्छ । यो दिवश संगीत कलाको लागि महत्वपूर्ण सम्मान हो । जुन दिन सबै संगीतकारले एकसाथ आफ्नो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन् ।

प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि महत्वपूर्ण अवसरका रुपमा मनाउँदै आएको छ । विद्यालयमा एक विशेष प्रकारको सांगीतिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा सबैलाई सहभागी हुन र संगीतको आनन्द लिन साथै विश्व संगीत दिवशलाई जीवन्त बनाउन पनि कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

विश्व संगीत दिवशको विशेष दिनमा यो वर्ष संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्याण्ड कुटुम्बले विशेष प्रस्तुति दिएको थियो । कार्यक्रममा कुटुम्बले प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाले मनोरञ्जन प्रदान गरेको बताइएको छ ।

कुटुम्ब ब्याण्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ नामक क्याम्पेन गरेको छ । यो क्याम्पेन जाजरकोटका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन समर्पित रहेको छ ।

यस सराहनीय पहलमा विद्यार्थी, अभिभावक र कर्मचारी सदस्यले विभिन्न स्टेशनरी सामग्री प्रदान गरेर समर्थन गरेका छन् । विद्यार्थीको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकतामा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै विद्यालयले पनि यस योजनाको लागि रु ५० हजार प्रदान गरेर महत्वपूर्ण योगदान गरेको छ ।

विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुटुम्बको सुमधुर संगीतले कार्यक्रममा रौनक मात्र थपेन, संगीतले समुदायमा पार्न सक्ने सकारात्मक प्रभावमा  प्रकाश पारेको छ ।

 

 

 

 

 

lcci
You might also like

Comments are closed.