नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अङ्कले घटेर २ हजार ६० दशमलव १६ को विन्दुमा कायम भएको हो ।

आज ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर ५४ हजार ७९३ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ बराबरको कारोबार भएको छ । वित्त, म्युचुअल फन्ड र व्यापारबाहेक अरू सबै समूहको उपसूचक घटेका छन् ।

वित्त समूह ० दशमलव ४५, म्युचुअल फन्ड ० दशमलव १४ र व्यापार समूह ० दशमलव २२ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै विकास बैङ्क समूह १ दशमलव ०३ प्रतिशतले घटेको छ । बैङ्किङ ० दशमलव ६५, होटल तथा पर्यटन ० दशमलव २९, जलविद्युत् ० दशमलव ५८, लगानी ० दशमलव ९१ र जीवन बीमा ० दशमलव ६१ प्रतिशतले घटेको छ ।

jutta mela

त्यस्तै, उत्पादन तथा प्रशोधन ० दशमलव १६, लघुवित्त ० दशमलव ४८, निर्जीवन बीमा ० दशमलव ३४ र अन्य समूह ० दशमलव ५८ प्रतिशतले घटेको छ । आजको कारोबारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ५५ र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव २६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ३८ र हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १६ करोड ४६ लाख १८ हजार ८३० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको २ लाख ४६ हजार ५४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । रासस

You might also like

Comments are closed.